सेयर बजारमा गिरावट 



काठमाडौँ । दुई  दिन सामान्य अङ्कले उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज ओरालो लागेको छ । कारोबारको चौथो दिन आज बुधवार सेयर बजार परिसूचक नेप्से १३.६८ अङ्कले ओरालो लागेको छ ।

मङ्गलवार  १७ अङ्कले उकालो लागेको थियो । हिजो बजारले १० सयको विन्दुलाई पार गरेको थियो। आज बजार ओरालो लागेसँगै बजार फेरी १९ विन्दु भन्दा तल झरेको छ । बजार आज १८ सय  ९२ को विन्दुमा पुगेको छ ।  बजार ओरालो लागेसँगै आज कारोबार रकम पनि ओरालो लागेको छ । हिजो ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको आज ८ सय ४७ करोड बराबरको कारोबार भएको छ ।

आज बजार ओरालो लागि रहँदा  जनउथान सामुदायिक लघुवित्तको सेर मूल्य सबैभन्दा बढी ३.२५ प्रतिशतले उकालो लागेको छ । आज ओरालो लाग्नेमा  सनराइज ब्लु चिफ फन्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्