नेपाल रेमिट र सहारा नेपालबिच रेमिट्यान्स् भुक्तानी सम्झौता, ८० भन्दा बढी शाखा मार्फत भुक्तानी लिन सकिने



काठमाडौँ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याइरहेकोे नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’का बिचमा रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहारा नेपाल ‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढी शाखाबाट सहजै भुक्तानी लिन सकिन्छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट डिजिएम देवबहादुर थापा र सहाराको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गर्नुभयो ।

विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.ले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैङ्क तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममानै बैङ्क डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजार भन्दा बढी एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिन्छ ।

सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’ले आफ्ना सदस्यहरूलाई बैङ्किङ तथा वित्तीय सेवाहरू उपलब्ध गराउँछ । यसले पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढी शाखा मार्फत बैङ्किङ सेवा प्रदान गर्दै आएको छ । साकोसले बचत खाता, ऋण, बिमा तथा रेमिट्यान्स् लगायतका सेवा प्रदान गर्दै  आएको छ ।

प्रतिक्रिया दिनुहोस्