८२ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौँ । पछिल्लो २४ घण्टमा नेपालमा थप ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टमा १ हजार ६३४ जनाको कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो ।

मन्त्रालयकाअनुसार  ५९४ जनाको पीसिआर परीक्षण गर्दा  ३७ जना र १ हजार ४२० जनाको एन्टीजेन बाट परीक्षण गर्दा  ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको सङ्ख्या  ३६१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्