मेटलाइफ नेपालले जीवन बिमा बारे सचेतना जगाउन “हेलो बिमा” कमिक्स भिडियो सार्वजनिक 



काठमाडौँ । विश्वव्यापी बिमा प्रदायक मेटलाइफले, बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा “हेलो बिमा” नामक कमिक भिडियो शृङ्खला ल्याएको छ । जीवन बिमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बिमा सम्बन्धी बारेमा गलत धारणालाई हटाउनका लागि तीन एपिसोड शृङ्खला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध छ ।

पहिलो शृङ्खलामा बिमाको आधारभूत कुराहरू, जसमा सेवाको फाइदाहरू र यसलाई कसरी बैङ्क बचतसँग तुलना गर्न सकिन्छ भन्ने बारेमा जानकारी समावेश गरिएको छ । दोस्रो शृङ्खलाले दर्शकहरूलाई बिमामा विभिन्न सेवाहरू जस्तै प्रिमियम भुक्तानी सुविधा, उपलब्ध राइडरहरूको बारे जानकारी, व्यतीत बीमालेख पुनर्स्थापना गर्ने कदमहरू र बिमा योजनालाई धितो राखी ऋण कसरी लिने भन्ने बारेमा जानकारी दिइएको छ । यस शृङ्खलामा बिमा दाबी गर्ने तरिका, विभिन्न प्रकारका बिमाहरू र उपयुक्त जीवन बिमा कम्पनी कसरी छनौट गर्ने भन्ने बारे जानकारीका साथ समाप्त हुन्छ ।

मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठज्यू भन्नुहुन्छ, “मेटलाइफले विश्वभरका परिवारहरूलाई १५५ वर्षदेखि आर्थिक रूपमा सुरक्षित भएको महसुस गराई विश्वस्त भई बाँच्न मद्दत गर्दै आएको छ । यहाँ नेपालमा हामीले धेरै ग्राहकहरूलाई बिमाले प्रदान गर्न सक्ने लाभ तथा आर्थिक आत्मनिर्भरताको बारेमा जानकारी दिदैँ आएका छौँ । तर अझै पनि यस विषयमा धेरै काम गर्न बाँकी रहेको महसुस गरेका छौँ । बिमा सम्बन्धी ज्ञान मनोरञ्जनात्मक तथा पहुँच योग्य तरिकामा देशैभर रहनु भएका आम नागरिकमा पु¥याउन पाउँदा गौरवान्वित छौँ ।”

प्रतिक्रिया दिनुहोस्