निरा पाण्डे आचार्य हत्या प्रकरण : अनुसन्धानका लागि एक हप्तापछि एआईजीको नेतृत्वमा छानबिन समिति



काठमाडौँ । निरा पाण्डे आचार्य हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।  प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

माता तीर्थ औंसीको दिन पाण्डेको कपनको सरस्वतीनगरस्थित पसलभित्र दिउँसै छुरा प्रहार गरेर वीभत्स हत्या गरिएको थियो । उनको हत्या भएको एक साता हुँदा पनि  उनको हत्याबारे केही पनि पत्ता लागेको छैन ।

समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०डा। मनोजकुमार केसी, जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख दानबहादुर कार्की, सीआईबीका एसएसपी दिनेश आचार्यसहित ११ जना सदस्य रहेका छन् ।  अनुसन्धानमा सीआईबीसहित उपत्यकाका सबै निकाय खटिएको भए पनि समन्वय गर्न समिति गठन गरिएको हो ।

प्रहरीले अहिले घटनास्थल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजको आधारमा अनुसन्धान गरिरहेको छ । पाण्डेले झण्डै १० वर्षदेखि सरस्वतीनगरमा ‘निरु किचन’ नामक भाँडा पसल चलाउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्