ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट



काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको मौलाकालीका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत बैङ्कको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैङ्कले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालीका केवलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुटको लागि योग्य हुनेछन् ।

बैङ्कले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत गरिने भुक्तानी प्रकृयालाई प्रवद्र्धन गर्न तथा यो छुट योजना सार्वजनिक गरेको हो । यो छुट योजना सीमित अवधिको लागि रहने छ । आफ्ना ग्राह कवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्