नेपाल रेमिट र ग्रिन डेभलपमेन्ट बैङ्कबिच रेमिट्यान्स् भुक्तानी सम्झौता, विदेशबाट पठाएको सहजै पाउन सकिने 



काठमाडौँ । विगत १७ वर्षदेखि नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा।लि। र ग्रिन डेभलपमेन्ट बैङ्कबिच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट उपमहाप्रबन्धक देवबहादुर थापा र ग्रिन डेभलपमेन्ट बैङ्कका तर्फबाट प्रमुख कार्याकारी अधिकृत हरी बहादुर बुढाथोकीले हस्ताक्षर   गरेका हुन् ।

सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् ग्रिन डेभलपमेन्ट बैङ्कका १६ वटै शाखा कार्यालय मार्फत भुक्तानी प्राप्त गर्न सकिन्छ । यसका साथै ग्रिन डेभलपमेन्ट बैङ्कका ग्राहकले सिधै आफ्नो बैङ्क खातामा समेत नेपाल रेमिट मार्फत पठाएको रकम प्राप्त गर्न सक्नेछन् ।

नेपाल रेमिट इन्टरनेशनल प्रा।लि।ले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैङ्क तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममानै बैङ्क डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजार भन्दा बढी एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिन्छ ।

ग्रिन डेभलपमेन्ट बैङ्क बैङ्क तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत बाग्लुङ नगरपालिकामा ५ जिल्ला स्तरीय विकास बैङ्कका रूपमा ‘संवृद्धिको लागि साझेदारी’ भन्ने नाराका साथ स्थापना भएको विकास बैङ्क हो । बैङ्कले बाग्लुङ, म्याग्दी, कास्की, तनहुँ र नवलपुर जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको छ । साथै यो बैङ्क बाग्लुङ जिल्लाका पहिलो स्थानीय विकास बैङ्क पनि हो ।

प्रतिक्रिया दिनुहोस्