रास्वपा सरकारमा जाने वा नजानेबारे शुक्रवारसम्म निर्णय हुने 



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जानेबारे  शुक्रवारसम्म निर्णय हुने भएको छ । रास्वपा अहिले पर्ख र हेरको अवस्थामा रहेको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारको विषयमा छलफल भए पनि कुनै निर्णय नभएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार पार्टीले यसबारे शुक्रवार ठोस निर्णय गर्ने छ । प्रधानमन्त्री प्रचण्डले भने रास्वपा सरकारमा आउने बताउँदै आफुले रास्वपाले राखेका मागहरूलाई सम्बोधन गरेर लैजाने बताएका छन् ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेतामा  बनाउने निर्णय पनि गरेको छ । नागरिकता विवादका कारण उनको संसदीय दलको नेताको पद पनि गुमेको थियो ।

प्रतिक्रिया दिनुहोस्