मरीन ब्लु रंगको टिभिएस एनटर्क आरटि–एफआइ १२५ रेस एडिसन पोखरामा सार्वजनिक



काठमाडौँ । टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आज टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो रोमाञ्चक नयाँ रंग युवावर्गले मनपराउने भएकाले विद्यमान रेस संस्करणको रातो र पहेँलो रंग सँगै राखिने छ । टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ । कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउँछ ।

टिभिएसद्वारा पोखरामा आयोजित “निर्भयाज वुमन इन कन्र्सटर्” मा उक्त स्कुटरको लन्च गरिएको थियो । कन्र्सटमा फ्लेम ब्यान्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जको साथै ख्यातिप्राप्त सांगितिक समुह अभया एन्ड द स्टिम एन्जन्स लगायतको प्रस्तुती रहेको थियो । उक्त स्टेजमै स्कुटर अनवरण गरिएको थियो भने पछि शोरुममा पनि स्कुटर लन्च गरिएको थियो । दर्शकहरुको उत्साहजनक प्रतिकृया प्राप्त गर्न सफल उक्त स्कुटरको आगमनले टिभिएस्को स्कुटर लाइन अपमा युवा जोश र भाईटालिटी थपिएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक श्री शाहिल अग्रवालले भन्नुभयो,“नेपालमा TVS NTORQ RT–Fi 125 Race Edition–Marine Blue मा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । स्मार्ट स्कूटर RT–Fi को समावेश एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। यो प्रक्षेपणको साथ हामी हाम्रा युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध छौं ।”

लन्चको बारेमा बोल्दै कार्यकारी निर्देशक, श्री अखिल गुप्ता ज्युले भन्नुभयो, “TVS NTORQ RT–Fi 125n]ले हाम्रा युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको छ । नेपालमा सबैभन्दा लोकप्रिय स्कुटर ब्रान्ड TVS NTORQ RT–Fi 125 Race  एडिसन को ] Marine Blue  स्कुटर  RT–Fi  प्लेटफर्मले सुसज्जित छ । उत्कृष्ट प्रदर्शन, राम्रो वास्तविक थ्रोटल अनुभवले हाम्रा युवा ग्राहकहरूलाई पक्कै खुसी पार्नेछ ।”

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ । स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ ।

SMARTXONNECTTM  कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ ।

टिभिएस एनटर्क १२५ रेस एडिसन १२४.८ cc, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड SOHC, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ, जसले ६.९ kW @ २ ७,०००rpm/९.३८ PS @ २ ७,०००rpm को अधिकतम पावर आउटपुट प्रदान गर्दछ । १०.५ Nm @ २ ५,५०० rpm को उच्चतम टर्क भएको रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पीड प्रदान गर्छ र केवल ९ सेकेन्डमा ०–६० किमी प्रतिघण्टाको गति बढाउँछ ।

पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, USB चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र TVS प्याटेन्टेड EZ सेन्टर स्ट्यान्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्