मोटरसाइकल चोरीको आशङ्कामा लालबन्दीबाट ६ जना पक्राउ



सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ ।रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएका दुई वटा मोटरसाइकल लालबन्दीका मोटरसाइकल ग्यारेजमा फेला परेपछि गयारेजका ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएका प्रदेश २ ०२ ००६ प ९४२५ र ना ४६ प ६२४७ नम्बरका दुई वटा मोटरसाइकल खोज तलास गर्ने क्रममा तालाबन्दी नगरपालिका ७ मा रहेको मोटरसाइकल ग्यारेजमा फेला रेपछि ६ जनालाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले तालाबन्दी नगरपालिका ७ मा रहेको राम वरण महतोको मोटरसाइकल ग्यारेजमा चोरीका दुई वटा मोटरसाइकल फेला पारेपछि मोटरसाइकल चोरीमा संलग्न रहेको आशङ्कामा ईश्वरपुर नगरपालिका १३ का अशोक महतो,तालाबन्दी नगरपालिका ७ का नजरेल नदाव,तालाबन्दी नगरपालिका ११ रामवर्ण महतो,ईश्वरपुर नगरपालिका ६ का सगिर खान,तालाबन्दी नगरपालिका ८ का जस्मिन खान,सप्तरीको रुपनी गाउँपालिका १ का सिदार्थ महतोलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए ।

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको र थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहट पठाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुखको रूपमा प्रहरी उपरीक्षक सुवेदी आएदेखि नै जिल्लामा गैर कानुनी  काम गर्नेहरूको नीद हराम भएको छ । उनी मानवीय संवेदना बाहेकका सबै प्रकारका गैर कानुनी कार्यमा निर्मम भएर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्