५१ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा, २६ जना निको भए



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १ हजार ९०२ नमूना मध्‍ये ६६९ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी ५१ जनामा कोरोना सङ्क्रमण  पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइको छ ।

यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या १४७ पुगेको छ भने संस्थागत आइसोलेसनमा १३ जना, आइसियुमा ६ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।  आज कोरोना सङ्क्रमणबाट २६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्