थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौँ । नेपालमा  पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८४४ नमुना मध्ये २२३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या १२० रहेको छ । हाल संस्थागत आइसोलेसनमा १० जना, आइसियुमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । आइतबार मात्रै कोरोनाबाट निको भएर १२ जना घर फर्किइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्