
काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् । १४ जेठ आइतबार दिउँसो २ बजेका लागि बजेट अधिवेशन आह्वान गरिएको छ ।
सोमबार प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेका हुन् ।
दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन गत चैत २९ गते अन्त्य भएको थियो । फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि बैठक स्थगित भएको थियो ।
पहिचान पक्षधरले नाम संशोधन गर्न माग गर्दै आन्दोलन सुरु गरेपछि चैत २९ गते अधिवेशन अन्त्य भएको थियो । प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएपछि पहिचान पक्षधरहरूले प्रदेशसभा सचिवालय केन्द्रीय आन्दोलन थाल्ने तयारी गरेका छन् ।