दुई सांसदमाथि जनमतले कारबाही गर्दै 



काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना सांसदलाई कारबाही गरेको छ । जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तर्गत कारबाही गरेर सांसदको भूमिकाबाट हटाउने निर्णय गरेको हो ।

शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर ९मोरङ० र विनीता सिंह ९सिरहा०लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो ।

उनीहरूले सांसद भएर अनुशासन उल्लङ्घन गरेको आरोप जनमतले लगाएको छ । बैठकले दलित कलस्टरबाट सांसद बनेकी सोनु मुर्मुरको ठाउँमा कपिलवस्तुकी दुर्गावत्ती धोवीलाई संसद् बनाउन सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै आदिवासी जनजाति कलस्टरबाट सांसद बनेकी विनीता सिंह ९सिरहा०को ठाउँमा कसलाई पठाउने भन्नेबारे निर्णय हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्