साताको दोस्रो दिन नेप्सेमा सामान्य वृद्धी



काठमाडौँ । सातको पहिलो दिन भारी अङ्कले उकालो लागेको सेयर बजार परिसूचक नेप्से साताको दोस्रो दिन सामान्य अङ्कले उकालो लागेको छ । आज नेप्से ७.७९ अङ्कले उकालो लागेको हो । नेप्से आज उकालो लागेसँगै  १९८७.८७ विन्दुमा पुगेको छ । लगातार बढ्दो क्रममा रहेको नेप्से सूचकले  १९८० को अवरोधलाई परीक्षण गरेको छ ।

आज २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको ७४ लाख ५४ हजार ७ कित्ता शेयर खरिदबिक्री भएको भएको । सो कारोबार रकम अघिल्लो दिनको तुलनामा भन कम हो ।

यस दिन अभियान लघुवित्त र कालिन्चोक दर्शनको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको ९.९९ प्रतिशत बढेको छ ।

आज ओरालो लाग्नेमा सगरमाथा जलविद्युत रहेको यसको सेयर मूल्य ३.९० प्रतिशतले ओरालो लागेको छ । त्यस्तै युनाइटेड इदी मोदीको ३.८० प्रतिशतले ओरालो लागेको छ ।

आज सोमबार सोल्टी होटेलको सबैभन्दा धेरै १५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १० करोड ११ लाख र शिव श्री ९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्