कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम ३१ जेठमा 



काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ३१ जेठमा सार्वजनिक गर्ने भएको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ३१ जेठमा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा ३१ जेठको दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्ले प्रदेश प्रमुखले सम्बोधन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गर्न प्रदेशसभालाई निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्