सेयर बजारमा सामान्य करेक्सन



काठमाडौँ । कारोबारको  तेस्रो दिन खनज मंगलबार सेयर बजार  दोहोरो अङ्कले ओरालो लागेको छ ।  आज नेप्से २६.५६ अङ्कले ओरालो लागेको हो । नेप्से आज ओरालो लागेसँगै २०६४.८३ विन्दुमा पुगेको छ । आज ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँ बराबरको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता शेयर खरिद बिक्री भएको छ।

पछिल्लो समय लगातार बढ्दो क्रममा रहेको नेप्से सूचक लगानीकर्ताले प्रोफिट बुक गर्दा केही नकारात्मक देखिएको हो । फाइनन्स कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट  आएको छ । कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.७० प्रतिशतले ओरालो लागेको छ । मंगलबार ३ उपसमूहको सूचक भने सकारात्मक रहेका छन् ।

आज सिटी होटेल, बिपिडब्लु लघुवित्त र इङ्वा हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएका छन् भने ग्रिन भेन्चर्स लिमिटेडको पनि ३.८४ प्रतिशतले बढेको छ।

युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ४.४८ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ६.३० प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.०१ प्रतिशतले घटेको छ।

मंगलबार नेपाल इन्फ्रास्टक्चर बैङ्कको सबैभन्दा धेरै २० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १९ करोड ४४ लाख, हिमालयन डिस्टिलरीको १३ करोड ५९ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्