सेयर बजार दोहोरो अङ्कले ओरालो 



काठमाडौँ । कारोबारको चौथो दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले ओरालो लागेको छ । आज नेप्से १४.०५ अङ्कले  ओरालो लागेको हो । आज नेप्से ओरालो लागेसँगै २०५०.७९ विन्दुमा पुगेको छ । मंगलबार नेप्से २११७ विन्दुसम्म पुगेको थियो ।

 आज बजार दोहोरो अङ्कले ओरालो लागेको हो । आज बजारसँगै कारोबार रकमा पनि गिरावट आएको छ । आज कुल ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँको ८६ लाख ५१ हजार १६४ कित्ता शेयर कारोबार भएको छ । केही दिन अघि ५ अर्बभन्दा माथिसम्मको कारोबार भएको बजारमा अहिले कारोबार रकम पनि ओरालो लागेको हो ।

कारोबारमा आएका १३ उपसमूह मध्ये ९ उपसमूहको सूचक नकारात्मक देखिदा होटेल उपसमूहको सूचक भने ४ प्रतिशतभन्दा धेरैले बढेको छ । आज हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ ।

बुधवार सिटी होटलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सोल्टी होटलको ७.४४ प्रतिशत, बिपिडब्लु लघुवित्तको ६.१० प्रतिशत र इङ्ग्वा हाइड्रोपावरको ५.९८ प्रतिशतले बढेको छ ।

ग्रिन भेन्भर्स लिमिटेडको सेयर मूल्य ६.९८ प्रतिशतले घटेको छ भने मेन्छियाम हाइड्रोपावरको ५.४८ प्रतिशत, मानुषी लघुवित्तको ५.४१ प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्