प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान



काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ विरुद्ध उजुरी आह्वान गरेको छ । मङ्गलवार बसेको समितिको बैठकमा सुनुवाइको प्रक्रिया अघि बढाउँदै उजुरी आह्वान गरेको हो ।

निर्णयअनुसार श्रेष्ठ विरुद्ध उजुरी आह्वान गर्न सार्वजनिक सूचना जारी गरिनेछ । उजुरीका लागि १० दिनको समय दिने ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएर अनुमोदन भएपछि उनी सर्वोच्चको प्रधानन्यायाधीश बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्