प्रदेश अधिवेशन १६ भदौमा गर्ने एमालेकाे निर्णय



काठमाडौँ । नेकपा एमालेको प्रदेश अधिवेशन अगामी १६ भदौबाट हुने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले १६ भदौबाट गर्ने निर्णय गरेको हो ।

बैठकले  १६ र १७ भदौमा लुम्बिनी प्रदेशको, ५ र ६ असोजमा मधेस प्रदेश, ८ र ९ बागमती प्रदेश, १० र ११ असोजमा कर्णाली प्रदेशको, १२ र १३ असोजमा कोशीको, १५ र १६ गण्डकीको,  १९ र २० असोजमा उपत्यका विशेष प्रदेशको र २१ २२ असोजमा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी गराएका हुन् ।

newskarkahna-news558130.1692003157.jpg

प्रतिक्रिया दिनुहोस्