नेप्सेको ओरालो यात्रामा ब्रेक, १७.६९ अङ्कले उकालो



काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से साताको तेस्रो दिन आज मङ्गलवार भने सामान्य अङ्कले उकालो लागेको छ । नेप्से आज उकालो लागेसँगै  २०१५ विन्दुमा पुगेको छ।

मङ्गलवार नेप्से सूचक १७.६९ अङ्कले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै २०१५.९८ विन्दुमा पुगेको छ। बजार उकालो लागे पनि कारोबार रकम भने ओरालो लागेको छ ।

आज विभिन्न कम्पनीका १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँ बराबरको ६० लाख ३१ हजार ३५६ कित्ता शेयर खरिदबिक्री भएको छ। मङ्गलवार सुरुवाती चरणमा कारोबार रकम निकै सुस्त रहेको भए पनि बजार फर्कँदा भने कारोबार रकम बढ्दै गएको देखिन्छ।आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ।

आज कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने इङ्गवा हाइड्रोपावरको ८.९१ प्रतिशत र माइ खोला हाइड्रोपावरको ८.९० प्रतिशतले बढेको छ।

यता लक्ष्मी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्तको ४।१९ प्रतिशत र विन नेपाल लघुवित्तको २.२३ प्रतिशतले घटेको छ।

मङ्गलवार युनाइटेड अजोड इन्स्योरेन्सको सबैभन्दा धेरै ५ करोड ४१ लख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवं सिमेन्टको ४ करोड ६२ लाख र सोल्टी होटलको ४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्