नेप्सेसँगै बढ्यो कारोबार रकम



काठमाडौँ । साताको तेस्रो दिन सामान्य अङ्कले उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले उकालो लागेको छ । आज बुधवार नेप्से २९.४७ अङ्कले उकालो लागेको हो । नेप्से आज उकालो लागेसँगै २०४५.४५ विन्दुमा पुगेको छ। त्यसै गरी,  सेन्सेटिभ इण्डेक्स ४.३० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.०६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अङ्कले उकाल उकालो लागेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७३ स्टकको ४४ हजार ३४० पटकको कारोबारमा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ।

आज स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसै गरी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने लिबर्टी इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ।  सिटिजन्स सुपर ३० म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ७.४२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट इन्डष्ट्री शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको साढे ७ करोडको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, सोल्टी होटलको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर किनबेच भएको छ।

१३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७४ अङ्क बढेको छ। त्यसै गरी,  जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैङ्क, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्