सेयर बजारमा भारी अङ्कको गिरावट 



काठमाडौँ । दुई लिन लगातार उकालो लागेको सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन  भने भारी अङ्कले ओरालो लागेको छ । आज बिहीबार नेप्से परिसूचक ३१.५ अङ्कले ओरालो लागेको हो । नेप्से आज ओरालो लागेसँगै  २०१३.९३ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ४.७२ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अङ्कले ओरालो लागेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५१ करोडको शेयर कारोबार भएको बजारमा आज २७५ स्टकको ४० हजार ८०० पटकको कारोबारमा १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको ४६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये आज वित्त उपसमूहको परिसूचक सर्वाधिक २।९२ प्रतिशत घटेको छ। त्यसै गरी, विकास बैङ्क, जलविद्युत, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से घटे पनि एक स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, मकर जीतुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशत बढेको छ। अन्य स्टकहरूको मूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन समता घरेलु लघुवित्तको सेयर मूल्य८ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमासोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको  ७ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसै गरी,  घोराही सिमेन्ट्को करिब ७ करोडको सेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्