नेपालले पहिलो पटक विश्व वरियताको शीर्ष स्थानको टोलीसँग खेल्ने



काठमाडौँ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर वान टोलीको सामना गर्ने भएको छ । आगामी बुधवार देखी सुरु हुने एसिया कपमा नेपालले पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

पाकिस्तान वर्तमान समयमा आइसीसी ओडिआई वरियतामा शीर्ष स्थानमा रहेको छ ।  नेपालले  आफ्नो पहिलो खेलमा बुधवार मुल्तान रङ्गशालामा पाकिस्तानसँग खेल्नेछ । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनै पनि वरियता शीर्ष टोलीसँग खेल्न लागेको हो । नेपाल आइसिसीको ओडिआई विश्व वरियतामा १५ औँ स्थानमा रहेको छ ।

यसअघि नेपालले वरियताको आधारमा सबैभन्दा माथि रहेको टोली वेस्ट इन्डिज थियो । वेस्ट इन्डिजसँग दुई महिना अघि भएको विश्वकप ग्लोबल छनोटमा जिम्बावेमा खेलेको थियो ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो । नेपालमा पनि पछिल्लो क्रिकेट के्रज बढ्दै गएको छ । नेपाली दर्शकहरूले पनि यस पटकको एसिया कपलाई विशेष रुपले हर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्