पहिरोबाट उछिट्टिएको ढुङ्गा लाग्दा एक किशोरको मृत्यु



डडेल्धुरा । पहिरोमा आएको डुङ्गाले लागेर एक किशोरको  मृत्यु भएको छ । केआईसिंह राजमार्ग अन्तर्गत डडेलधुराको रडुवामा पहिरोमा खसेको ढुङ्गा लागेर जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको हो ।

हिजो  डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सिटमा सवार उनको टाउकोमा  ढुङ्गा लागेको थियो । घाइते उनको उपचार डडेलधुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्