शीर्षक परिवर्तन गरेर  प्रदर्शन  आउने भयो  ‘एक भगवत् गीता’



काठमाडौँ । शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुङ्गिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक सङ्घ-सङ्गठनले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा)तय भएको छ । विवाद टुङ्गिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने छ ।  यो सहमतिले सांस्कृतिक र सामाजिक सद्भाव कायम राख्ने विश्वास आफूहरूले लिएको चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए । उक्त आपत्तिपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो । सेन्सर सिफारिस नदिने बोर्डको कार्यप्रति चौतर्फी विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्