सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँच पास ठप्प पारेका छन् । साउन २ मा विमानस्थल भन्सारमा समातिएको ६० केजी सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरूले जाँच पास ठप्प पारेका हुन् ।

सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरूमाथि धरपकड गरेको भन्दै उनीहरूले जाँच पास सेवा ठप्प पारेका हुन् । विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताएका छन् । कर्मचारीहरूले आफूहरूले हिजो नै विरोध जनाएको बताएका छन् । कर्मचारीहरूले सेवा ठप्प पारेपछि कर्मचारीहरूमाथि पनि कुरा नसोझिने त कुरै भएन । भले देशकै प्रधानमन्त्री नै किन नहोस् अनुसन्धानको दायरामा आउनुपर्छ र ल्याइनु पर्छ । तर भन्सारका कर्मचारीले थालेको विरोधलाई हर्दा लाग्छ कर्मचारीहरूलाई जे गरे पनि छुट छ उनीहरूलाई अनुसन्धानमा तान्न पाइनन् ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्