३-४ दिनसम्म देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना 



काठमाडौँ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन औसत मिति भन्दा केहि दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएकोले आगामी ३ -४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ।

यस अवस्थामा, पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने, दैनिक जन-जीवन तथा सडक, हवाई यातायात समेत केही प्रभावित हुन सक्ने सम्भावना भएको तथा बाली भित्र्याउने बेला पनि भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्