नेप्सेमा दोहोरो अङ्कको गिरावट



काठमाडौँ । कारोबारको तेस्रो दिन मङ्गलवार सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले ओरालो लागेको छ । आज नेप्से परिसूचक १७.५६ अङ्कले ओरालो लागेको हो । आज नेप्से ओरालो लागेसँगै १९५८.७२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.६६ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अङ्क र सेन्सेटिभ इण्डेक्स १.३२ अङ्क घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७३ करोडको सेयर खरिदबिक्री भएको बजारमा मङ्गलवार २८१ स्टकको ५५ हजार ९६ पटकको कारोबारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको ३९ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

मङ्गलवार समता लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ७.९१ प्रतिशत बढेको छ। त्यस्तै, मङ्गलवार घलेम्दी हाइड्रोको सेयर मूल्य ७.८१ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको सेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको साढे ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, मङ्गलवार एनआईसी एशियाको ५ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

मङ्गलवार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ। त्यस्तै, मङ्गलवार विकास बैङ्क, वित्त, होटल तथा पर्यटन। जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्