बागलुङमा आगलागीबाट एक जनाको मृत्यु



काठमाडौँ । बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका-४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गा माटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

शुक्रवार राति १ बजे आगलागी भएको प्रहरीले जनाएको छ । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्