इजरेलमा मारिएका पाँच नेपाली विद्यार्थीको शव भेटियो



काठमाडौँ । इजरेलमा हमासले गरेको हमलामा परी ज्यान गुमाएका पाँच नेपाली विद्यार्थीको शव  भेटिएको छ । दक्षिणी इजरेलमा हमासले गरेको आक्रमणमा मारिएका १० जना जना नेपाली विद्यार्थी मध्ये पाँच जनाको शव प्राप्त भएको हो ।

इजरेलस्थित नेपाली राजदूतावासले नारायण न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दीपेश राज विष्ट र आशिष् चौधरीको शव भेटिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्