नेपाल र हङकङ भिड्दै 



काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले हङकङ भिड्दै छन् । युएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा छ ।

नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।

नेपाल र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । दुई दिनअघि यही मैदानमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको थियो ।

ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत पाउन सकेका छैनन् ।बलिङमा नेपालको फास्ट बलिङ अट्याक जमिरहेको छ । करण र सोमपालले नयाँ बल फाल्छन् भने अविनाश बोहरा डेथ ओभर बलिङ गर्छन् । यस्तै अलराउण्डर गुल्सन झाले बलिङ र ब्याटिङ दुवैमा प्रभाव पार्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्