रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु



मृत्यु

काठमाडौँ । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको छ । नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्टिने गरी काटेको छ । अन्दाजी ५० वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लिकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ । ट्रेन बिहान ८ः३० बजे जनकपुरबाट भारतको जयनगरको लागि छुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्