यी भारतीय महिलाको दाँतले बनायो गिनिज वर्ल्ड रेकर्ड



गिनिज वर्ल्ड रेकर्ड

काठमाडौँ । मानिसको मुखमा कति वटा दाँत हुन्छन्। सरल उत्तर हो ३२ वटा तर , भारतकी २६ वर्षीया युवतीको मुखमा यति धेरै दाँत छन् कि गिनिज बुकका मानिस पनि छक्क परे । उक्त महिलाको नाममा रेकर्ड पनि दर्ता भएको छ । कल्पना बालन नामकी यी महिलाको मुखमा ३२, ३३ होइन ३८ वटा दाँत छन् ।

गिनिज वल्र्ड रेकर्डका अनुसार प्रकृतिले कल्पनालाई औसत वयस्कभन्दा ६ बढी दाँत दिएको छ । उनको जम्मा ३८ वटा दाँत छन् । तल्लो बङ्गारामा थप ४ वटा दाँत छन् भने माथिल्लो बङ्गारामा थप २ वटा दाँत छन् । योसँगै कल्पनाले महिलाको मुखमा सबैभन्दा धेरै दाँत भएको उपाधि पनि जितेकी छिन् । पुरुषतर्फ यो कीर्तिमान क्यानडाकी इभानो मालोनको नाममा छ । उनको जम्मा ४१ वटा दाँत छन् ।

कल्पना भन्छिन् कि उनी सानै छँदा औसतभन्दा धेरै दाँत हुन थालेकी थिइन् । यो देखेर परिवारका सदस्यहरू पनि निकै चिन्तित थिए ।

प्रतिक्रिया दिनुहोस्