भारत दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित



काठमाडौँ । घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा भारतलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराएको छ । योसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाको कारण रद्द भएको थियो ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अफ्रिकाको जितमा ओपनर रिजा हेन्डिक्सले २७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए ।

कप्तान एडेन माक्ररम १७ बलमा ४ चौका र १ छक्कासहित ३० र डेविड मिलर १७ रनमा आउट भए । भारतका मुकेश कुमारले दुई, कुलदीप यादव र मोहम्मद शिराजले १-१ विकेट लिए ।

त्यसअघि जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले १९।३ ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।

भारतका रिंकु सिंह ३९ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनमा अविजित रहे । रिंकुको टि२० आईमा पहिलो अर्ध शतक हो । कप्ताान सूर्यकुमार यादव ३६ बलमा ५ चौका र २ छक्कासहित ५६, तिलक बर्मा २९, जितेश शर्मा १, रविन्द्र जडेजा १९, शुभमन गिल र यशस्वी जैसवाल शून्यमा आउट भए ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोट्जीले ३।३ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । मार्को यानसन, लिजाड विलियम्स, तबरेज शाम्शी र एडेन माक्ररमले १९१ विकेट लिए । तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्