कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत



काठमाडौँ । कोशी प्रदेशको सभामुखमा अम्मरबहादुर विष्ट सर्वसम्मतले चयन भएका छन् । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेपछि विष्ट सर्वसम्मतले चयन भएका हुन् ।

मङ्गलवार विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको नेपाली काँग्रेस र एमालेको संसदीय दल बैठकले विष्टलाई समर्थन गर्ने निर्णय गरेपछि उनी सर्वसम्मत भएका छन् । आज मङ्गलवार बस्ने प्रदेशसभा बैठकबाट आवश्यक प्रक्रिया पुर्‍याएर विष्टलाई सभामुख निर्वाचित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्