सुनको मूल्य बढ्यो



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख १९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ६५० रुपैयाँ कायम छ ।

आज चाँदीको मूल्य समेत बढेको छ । तोलामा २० रुपैयाँले बढेसँगै आज चाँदीको कारोबार मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्