सुनको मूल्य घट्यो



काठमाडौँ । नेपाली बजारमा आज बुधवार सुनको भाउ घटेको छ । आज सुन प्रतितोला १२०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मङ्गलवार सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदीको भाउ १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्