७ अङ्कले घट्यो नेप्से



काठमाडौँ ।  साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य ७ अङ्कले ओरालो लागेको छ । । बिहीबार बजारमा उच्च उतारचढाव देखियो ।  उतारचढावका बिच नेप्से ७.२४ अङ्कले ओरालो लागेको हो ।

परिसूचक नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडमा खुम्चियो । बिहीबार हाइड्रोपावरसहित ३ समूह बढे । अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०.२० प्रतिशत बढे । होटल समूह सबैभन्दा धेरै १.४ प्रतिशत घट्यो । बैंकिङ ०.६४, विकास बैंक ०.६५, लगानी ०.७५, जीवन बीमा ०.५२, उत्पादन १.२८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा १.१३ र ब्यापार समूह ०.८९ प्रतिशत घटे ।

रिडी पावर, गणपति लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर र माहुली लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सीईडीबी हाइड्रोपावरको ९.८ प्रतिशत बढ्यो । दोर्दी हाइड्रोपावरको ८.४, हिमालयन रिइन्स्योरेन्सको ८.४ प्रतिशत मूल्य बढ्यो । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशत घट्यो । ग्लोबल आईएमई लघुवित्तको ७।३, थ्रीस्टार हाइड्रोको ७.१, नेपाल वेयरहाउजिङको ५.७ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सोनापुर सिमेन्ट, ङादी ग्रुप, रिडी पावर र नेपाल वेयर हाउजिङ कम्पनी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्