सुनको मूल्य बढ्यो



काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ९० रुपैयाँ रहेको चाँदी शुक्रवार १ हजार ३ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्