सेयर बजारमा दोहोरो अङ्कको वृद्धि 



काठमाडौँ । हप्ताको पहिलो दिन सेयर बजार आज दोहोरो अङ्कले  उकालो लागेको छ । सेयर बजार परिसूचक नेप्से आज १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको हो ।

आइतबार बैङ्किङ, होटल, उत्पादन र म्युचल फन्ड समूहको बाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ । आज मध्य सोलु, माथिल्लो मैलुङखोला जलविद्युत् र साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको सेयर झन्डै नौ प्रतिशते घटेको छ ।

आज एक करोड ७ लाख कित्ता शेयर तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्सको ३३ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्