बढ्यो ग्याससहित पेट्रोलियम पदार्थको मूल्य



काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । बुधबार रातिदेखि लागु हुनेगरी निगमले मूल्य समायोजन गरेको हो ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर मूल्य वृद्धि गरेको हो ।  समायोजित मूल्यअनुसार डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ ।

नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्