म्यानचेस्टर डर्बीमा सिटी विजयी



काठमाडौँ । बहुप्रतिस्थित म्यानचेस्टर डर्बी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको भिडन्तमा सिटीले बाजी मारेको छ । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बेलुका सम्पन्न खेलमा सिटीले आफ्नै घरेलु मैदानमा युनाइटेड विरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको हो ।

सिटीका लागि फिल फोडेनले दुई तथा एरलिङ हालान्डले एक गोल गरे । तर त्यसअघि खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । खेलको आठौ मिनेटमा मार्कस र्यासफर्डले बक्स बाहिरबाट शक्तिशाली प्रहारले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाएका थिए ।

सिटीले भने पहिलो गोल गर्न दोस्रो हाफ कुर्नु परेको थियो । ५६औँ मिनेटमा फोडेनले पनि बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेलमा बराबरी गरे । ८०औँ मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा सिटीलाई अग्रता दिलाए । जुलियन अल्भारेजको पास लिँदै बक्स भित्रबाट राम्रो फिनिश गर्दै उनले अग्रता दिलाएका थिए ।

त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित सुनिश्चित गरे । जित पछि दोस्रो स्थानमा रहेको सिटीको २७ खेलमा ६२ अङ्क भएको छ । पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अङ्क रहेको छ । युनाइटेड भने २७ खेलमा ४४ अङ्क सहित छैटौँ स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्