भोजपुरमा आगोमा जलेर ३ बालबालिकाको मृत्यु



काठमाडौँ । भोजपुरको हतुवागडी गाउँपालिका-७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो ।

खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्