नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री 



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । शनिवार नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न  क्रममा उनले यस्तो बताएका हुन् ।

उनले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढङ्गबाट समाधान हुने बताए । कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रहबिना नै काम गर्ने वातावरण बनाइने उनको भनाइ रहेको छ ।  उनले काठमाडौँ सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्