टीभीमा देखाइएकाे अभिनय हेरेर अात्महत्या



झापा : टीभीमा देखाइएको अभिनय नक्कल गर्ने क्रममा झापामा एक बालकको ज्यान गएको छ ।

 

भद्रपुर नगरपालिका ९ बस्ने हरिप्रसाद मिश्र र देवीका कक्षा ३ मा पढ्दै गरेका छोरा सचिनले टीभीमा झुन्डिएर मरेको नक्कल गरेका थिए । उनी पहिल्यैदेखि टीभीमा देखाइने दृश्यको नक्कल गर्ने गर्थे । 

 

उनी सिलिङमा झुन्डिराखेको अवस्थामा भेटिएको थियो । उनले टेलिभिनको अभिनय हेरेर आत्महत्याको प्रयास गर्दा साच्चै मृत्युवरण गर्न पुगेका उनका हजुरबुवा देवीभक्तले बताए । झुन्डिएको ठाउँ अगाडि आमा र दिदीका सात वटा सलसमेत फेला परेका थिए । दुवै हात, कम्मर र घाँटीमा तीन वटा सल बाँधेर अनौठो किसिमले झुण्डिएको अवस्थामा उनी फेला परेका मृतकका छिमेकी राम भारतीले जानकारी दिए ।

 

‘स्कुल जाने बेलामा ढिलो गरेपछि खोजी गर्दा यस्तो हालतमा देख्यौं,’ देवीभक्तले भने । छोरो मरेको देखेपछि आमा भने बेहोस भएकी छन् । 

प्रतिक्रिया दिनुहोस्