नगरलाई एम्बुलेन्स छैन, ७० लाखकाे गाडी चढ्छन् मेयर



दमक : आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आइतबार राति परिवारका चारै जनाको मृत्यु भयो । 

 

घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने भन्दै सार्वजनिक आलोचना गरे । 

 

मेयर चन्द्रकुमार शेर्मा यही वर्ष किनेको ७० लाखको इसुजु डिम्याक्समा हुईँकिन्छन् । उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढ्छिन् ।

 

नगरपालिकाका जनप्रतिनिधिले एउटा रोलर, ट्रलीसहितको ट्रयाक्टर, एक टोयोटा गाडी, एक टाटासुमो, १९ मोटरसाईकल र एउटा स्कुटर खरिद गरेका छन् । 

लालझोडाका मुक्तिनाथ दाहालले दमकल नभएकै कारण लक्ष्मण खनालको परिवारलाई बचाउन नसकिएकाे बताए । आजको कान्तिपुरले यो समाचार छापेकाे छ । 

प्रतिक्रिया दिनुहोस्