कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन



विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीलाई उच्च मनोबल र इच्छा शक्तिका साथ काम गर्न निर्देशन दिएका छन् । प्रदेश एकको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको नीति कार्यक्रम र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी कर्मचारीलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

 

मुख्यमन्त्री राईले परिवर्तित सन्र्दमा जनताका अपेक्षा बढेको बताउँदै जनताले सुशानसनको अनुभुति गर्न सक्ने हिसाबले काम गर्न कर्मचारीलाई सुझाव दिए । उनले नयाँ व्यवस्थाको पहिलो चरण भएकाले सबै ठाउँमा आवश्यक कर्मचारी उपलब्ध भइनसकेको बताउँदै उनले केही दिनभित्रै सो समस्या समाधान हुने जानकारी दिए ।

 

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कार्यसम्पादनको क्रममा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न कर्मचारीलाई प्रदेश सरकारले सघाउने बताए । उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुशियैतले अभावका वावजुद कर्मचारीले उदाहरणिय काम गर्ने अवसर आएकाले ऐतिहासिक चुनौतीलाई सामना गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश एकका विभिन्न जिल्लाका वन, वातावरण तथा पर्यटनसंग जोडिएका कर्मचारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्