पब्लिक फोरम अध्यक्षमा फेरि ढुंगेल निर्वाचित



विराटनगर : पब्लिक फोरमको १०औं वार्षिक साधारणसभाबाट पुनः  उत्तम ढुंगेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।  

विराटनगरमा शुक्रबार सम्पन्न साधारणसभाले समितिको उपाध्यक्षमा अमलेश कर्ण, सचिवमा लवकुमार ताम्राकार, सहसचिवमा सुनीता देवकोटा र कोषाध्यक्षमा चूडादेवी ठकुरीलाई चयन गरेको छ । सदस्यहरुमा दुर्गा सुवदी, मनोजकुमार मिश्र, मुना बोहरा, अप्सरा न्यौपाने (खनाल), केदारनाथ ढकाल र वासुदेव नेपाललाई चयन गरिएको छ । निवास पोखरेल, धु्रवनारायण डंगोल, तुलसीराम श्रेष्ठ, नेत्रहादुर बरुवा, युवाराज निरौला र ललिता पाण्डेलाई सल्लाहकार राखिएको छ । 

साधारणसभाको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । उनले उपभोक्ताको हकहितका लागि सरकार प्रतिबद्ध रहेकाले सहयोग गर्न उपभोक्ता एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्