अधिकार प्राप्तिका लागि एकताबद्ध हुँदै लेप्चा


इलाम : लोपोन्मुख तथा पिछाडा वर्गमा पर्ने लेप्चा जाति पछिल्ला समय साङ्गठित हुन थालेका छन् ।
अधिकारको पहुँचमा पुग्न र एकताबद्ध आवाज उठाउनका लागि लेप्चा साङ्गठित हुन थालेका हुन् ।

यहाँको रोङ (लेप्चा) गाउँपालिका र सूर्योदय नगरपालिकामा लेप्चा जातिको बाहुल्यता रहेको छ । विभिन्न हिसाबले पछि परेका यी जातका व्यक्ति भने पछिल्लो समय साङ्गठित हुँदै ग्रामीण विकासमा लागेका हुन् ।

लेप्चाको बाहुल्य रहेको रोङ गाउँपालिकाको वडा नं १, २ र ४ मा वडास्तरीय लाप्चा उत्थानमञ्च गठन गरिएको छ । लेप्चाको रोङ गाउँपालिका–१ मा दिनेश लेप्चाको अध्यक्षतामा गठिन मञ्चमा उपाध्यक्षमा ललितबहादुर लाप्चा, सचिवमा मनिका लाप्चा, सहसचिवमा पदम लाप्चा र कोषाध्यक्षमा मनकुमारी लाप्चा चयन भएका छन्।

त्यस्तै वडा नं– २ मा बुद्ध लाप्चाको अध्यक्षतामा बनेको समितिको सचिवमा दीपेन लाप्चा तथा सदस्यमा सुकमित, मानबहादुर, शान्ता, हरि र बन्दना लाप्चा रहेका छन् । यसैगरी वडा नं।४ मा पनि सन्देश लाप्चाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा लक्ष्मी लाप्चा र सचिवमा बिमला लाप्चा रहेका छन् ।

सङ्ग्रहालय निर्माण हुने

लेप्चा जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले यहाँको रोङ गाउँपालिकाले सङ्ग्रहालय निर्माण गर्ने भएको छ । लेप्चा जातिको लागि २० वर्षे राणनीतिक योजना निर्माण गर्दै गाउँपालिकाले पाँच वर्षभित्रमा सङ्ग्रहालय निर्माण गर्ने निर्णय गरेको हो ।

आधुनिकताका कारण संस्कृति, वेषभूषा लोपहुँदै गएकाले गाउँपालिकाले संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्ने भएको गाउँपालिका अध्यक्ष समशेर राईले जानकारी दिए। रोङ गाउँपालिकाका छ वटै वडामा २३४ घरधुरी लाप्चा परिवार बसोवास गर्दछन् ।

गाउँपालिकाको तथ्याङ्कअनुसार रोङ गाउँपालिकामा ५३७ पुरुष र ५२३ जना महिला गरी एक हजार ६० जना लाप्चाको जनसङ्ख्या रहेको छ । नेपालमा रहेको लाप्चाको जनसङ्ख्याको २८ दशमलब ९० प्रतिशत लाप्चा यही गाउँपालिकामा बसोवास गर्ने गरेको तथ्याङ्क छ । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी

फाइल फोटो काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) म्यानमार प्रस्थान गरेकी छिन् । म्यान्मा

काठमाडौ : आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैठक सकिएको छ । पार्टी एकताको बाँकी

फाइल फोटो काठमाडौं : म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी

भक्तपुर : देशैभर आउदो मंसिर १४ गते दो्रोतहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने भएपछि देशैभर

काठमाडौं : पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं : नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी

काठमाडौ : सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ परेका छन् ।

धनुषा : हिजो सोमबार जहाज आउन ढिला भएको भन्दै जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोडमा

काठमाडौं : भारतीय क्रिकेट वोर्डको अध्यक्षमा क्रिकेटका पूर्व कप्तान सौरभ गंगुली नियुक्ति भएकै भोलीपल्ट नेपालका

काठमाडौं : संसद सचिवालयकी कर्मचारी माथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्ण बहादुर

काठमाडौं : विद्यालय जाने क्रममा मुस्कान खातुनमाथि एसिड आक्रमणमा गर्ने दोषीहरुलाई जोगाउन चलखेल भइरहेको छ